Thursday, May 24, 2012

यी  लेखक को  बुद्दिमत्ताको बारेमा  मलाई धेरै जानकारी छैन  / तर यसमा उहाले लेखेका केहि कुरामा मेरो असहमति छ / खस भाषा जबर्जस्ति लादिएको भन्ने कुरा मलाई अलिक  चित्त बुझेन / भाषा भन्ने कुरा जति धेरै सिक्न सक्यो त्यति राम्रो हो / मलाई थारु भाषा त्यति राम्ररी औदैना किनकि हाम्रो घरमा कहिले पनि कमैया को रुपमा कुनै थारुले काम गरेन र मेरा साथीहरु संग पनि मैले खस भाषामा नै सम्बद गरें  जसले गर्दा मलाई एउटा समुदायको भाषा सिक्ने अवसर मिल्न सकेन / मेरो थाइलेडं र फ्रान्स बसेको क्रममा पनि मैले के महसुस गरें भने यदि दिनको 2-3 घण्टा बाध्यकारी रुपमा मलाई भाषा कक्षा मा जानु पर्ने भएको भए मा 2 वोटा थप भाषा हरु सिक्ने अवसर पाउने  थिए / त्यसैले लेखकले कुनै बेला बाध्यकारी व्यवस्थाले पनि फाइदा गर्छ  भन्ने कुरा लेख्न  बिर्सनु भयो / यदि विद्दालय मा पनि नेपाली भाषा बाध्यकारी नभएको भए  ती आदिबासी जनजातिले त्यो भाषा सिक्ने अवसर गुमाउने नै थिए / 

Sunday, May 20, 2012

Thanks

Almost 22 months ago, 12th August 2010, I landed in this beautiful tropical country Thailand (Suvarnbhumi airport, the name quite similar to Nepali name-meaning "land of gold" indicating Thailand's fame in gold). Although Joint Japan World Bank Graudate Scholarship program selected me and my friend Jyotsna Shrestha Khanal for master degree study in Food Engineering and Bioprocess Technology in Asian Institute of Technology Thailand, due to some technical problem with the ticket issuer, we could not fly together. We planned to fly on 10th of August but I received the ticket for 12th and Jyotsna did not receive till that time. So I flew alone. It was a quite new ambience for me though I had got necessary information from my friend Yadu Guragain, who had already completed master degree in the same field with the support of same funding agency.  AIT- a quite common name in Nepal for graduate study in Thailand (I thought the only and may be the biggest institute/university in food science/engineering, which I felt untrue after my arrival in Thailand) is almost 50 kms from the airport. I took a taxi (650 Baht). Being alone I felt the time too long. I asked the taxi driver whether he knows the exact route. He replied me humorously that I paid him only 650 Baht which is not enough to take me to a different place than AIT. I had contacted Balkumari didi who was studying here in the same program. She told me to call her when I reached AIT. I stopped the taxi near AIT Conference Centre. Ms. Subhechchha Shrestha was there to guide me to the room where I had to spent the first night in Thailand.

AIT Nepalese Society, established in 1980, the oldest Nepalese association in Thailand has a good tradition to welcome new students from Nepal. The first meal is always hosted by a senior or the association- what I heard. I had my dinner in SU snacks bar (Indian cafeteria) and Subhechchha did not allow me to pay. She guided me to their dormitory/village where I met Balkumari didi. After some hours of talking, we dispersed and I spent that night in the student village (I forgot the owner of the room- Kiran or Smriti). Next day I went to accommodation office to find my accommodation. I got standard room C21. Although the name is standard, the room is not so standard. It's enough for one person. We had to share the bathroom. Almost after two weeks, I shifted to a village with two other senior mates- Mukesh and Jeevan.

Today, AIT Nepalese society bed farewell to all Nepali graduates of this semester. I wish to express my sincere gratitude to the executive committee members, honorable faculties and staffs and all the batchmates, junior brothers and sisters for their invitation and the homely ambience they created over there.

contd......

On 13th August, 2010- just one day after my arrival in AIT, Balkumari didi was about to leave AIT for his thesis work in Nepal and Jyotsna was coming to Thailand. I went to the airport to receive and guide Jyotsna . Actually I sensed the same way quite short when we too were coming in the taxi to AIT from Suvarnbhumi airport. I directly brought her to the snack bar to host her dinner, as I was one day older in AIT. We had our meal together and dropped her to her accommodation (a room in the village).

We could not attend the main orientation program owing to our late arrival but there was an orientation for new students in each field of study. We attended the FoS orientation program on 14th August 2010. The international system of education and learning as a new opportunity for us inspired us to learn more and utilize our time in more beneficial way. We did not know about another Nepalese student in the same field-Alisha Tuladhar whom we met in the classroom. We exchanged many ideas and experiences with our colleagues from different countries- Thailand, Indonesia, India, Bangladesh, Germany, France (second semester), Ethiopia (second semester) during our study period.

The grading system, though written examination has more weightage, is quite different than the one we came across in Nepal. The classroom performances (presentation and assignments) also play a significant role in the evaluation of student. Two semester's coursework (26 credits) followed by 22 credit thesis work.

Sunday, April 1, 2012

बिचरा सुदूर पश्चिम

राज्यबाट पछाडी पारिएको भनौं कि आफै पछाडी परेको भनौं - देशको सुदुर पश्चिममा रहेको ९ जिल्ला सहितको भूभाग / २०४६ साल भन्दा अगाडीको कुरा त्यति थाहा भएन तर त्यस पछिको राजनीतिक गतिविधिमा रुची राख्ने भएकोले सुदूरपश्चिम को व्यथा देखेर टिठ लाग्छ / २०४८ सालको आम निर्वाचनमा नेपाली कांग्रेसलाई भारी मत ले बिजयी गराए यहाका जनताले / ३ बर्ष हेरे केहि परिवर्तन दिन सकेन / अझै पिछडिएको पिछादियै भयो / मोरंग जिल्लाको भन्दा कम बजेट पुरै सुदूरपश्चिम का लागि / २०५१ को मध्यवादी निर्वाचनमा त्यसबेलाको क्रान्तिकारी छबी बनाएको, महाकाली र कालापानीमा भारतले नेपालीलाई ठग्यो भनेर निकै चिच्याउने एमाले लाई करिब सबै ठाउं बाट जिताएर हेरे / केहि लछारपाटो लाउन सकेन / बेरोजगारी, गरिबी, पछौटेपन बाट ग्रसित मनस्थितिको फाइदा त्यसपछि माओबादीको पोल्टामा पर्यो / के के न दिन्छु हामी आएपछि भनेर विभिन्न आश्वासन पाए सुदूरपश्चिम बासीले / २०६४ को संबिधान सभाको निर्वाचनमा करिब सबै ठाउं बाट जित्ने पालो आयो माओबादीको- लौरो लाई उठाई दिए पनि जित्ने अवस्था थियो / हुन त प्रतिस्पर्धीले वाई सी एल/ लडाकु प्रयोग गर्यो भने तर म चाही त्यसमा कत्ति पनि विश्वास गर्दिन / ४ वर्ष भैसक्यो केहि परिवर्तन आएन जनताको जीवनस्तरमा / केहि वर्ष अगाडी निवर्तमान होइबक्सेका राजा पनि सुदूरपश्चिम बासी कै भरोसामा विभिन्न मन्दिर मा पुजा गर्ने बहानामा जनतालाई फेरी भन्दै छन् होला अब मलाई एक पटक विश्वास गरि हेर्नुस न - केहि गरि पो हाल्छु कि / बिचरा  सुदूर पश्चिम //

Friday, March 23, 2012

जल राजनीति

यो लेख पढे पछी मैले के बुझे भने नेपालका नेताहरु कमिसन को लागि मात्र मरिहत्ते गर्ने रहेछन / आखिर बिधुत एन, २०४९ को दफा ३५ मा सरकारले वार्ताको माध्यम बाट कुनै पनि कम्पनि संग निर्माण सम्झौता गर्न सक्ने रहेछ र यस भन्दा अगाडिका सरकारले पनि माथिल्लो कर्णाली र अन्य आयोजना यस्तै प्रक्रियाबाट छनोट गरेका रहेछन / ती भ्रस्ट हरुलाई थाहा छ नि कति कमिसन लिने पाइन्छ भनेर / त्यो कमिसन हात बाट फुत्कने भयो भनेर यो भएन उ भएन भन्ने नाटक गरेका रहेछन / यिनी लेखक महोदय पनि बिरोध गर्ने लाइन मा अगाडी नै थिए / तर लेखमा त यो बन्नु पर्छा भन्छन / अनि त्यति सस्तो माथिल्लो कर्णाली भारतीय कम्पनि लाई दिने कांग्रेसी नेताहरुले कमिसन नगुमोस भन्न कै लागि यो रोक्न खोजेको हो / हामी सुदुर पश्चिम बासीले कर्णाली को पुल तरेर परि जान नसक्ने गरि यिनलाई बहिस्कार गर्नु पर्छ /



Saturday, March 17, 2012

छात्राबास संचालन गर्ने सोच

अछामको दुर्गम ठाउँ कुइकामा जन्मेर कैलाली को अल्प बिकसित ठाउँ मटेरा (ब्यवास्थितनगर) मा हुर्केको मान्छे / ब्यबस्थित नगर कै राष्ट्रिय प्रा. बि बाट कक्षा ५ र अरुणोदय मा बि खैरिफाटा बाट प्रबेशिका उतिर्ण गरे पछी डाक्टर बन्ने सपना देख्दै कन्चनपुरको सिद्धनाथ बिज्ञान क्याम्पस बाट आइ एस्सी गरे पछि धरानको बि पी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान मा एम बि बि एस को प्रवेश परीक्षा दिन जाँदा मैले बी टेक बारे केहि जानकारी पाएर खाद्य प्रविधिको बिधार्थी हुन पुगे, त्यहाको प्रवेश परीक्षा पास भए पछी / कक्षा मा प्रायजसो प्रथम हुने र मिहिनेत गर्नबाट मलाई त्यति डर नमान्ने भएर नै मैले धरानमा बी टेक पढ्दा खेरि नै भगवती नि मा बि मा बिज्ञान, गणित शिक्षकको रुपमा पढाउदै  बि टेक पनि राम्रै स्थान ल्याएर पास गरेको थिए / हुन त मा एस एल सी परिक्षामा कैलाली प्रथम र आइ एस्सिमा पनि क्याम्पस प्रथम नभएको हैन /


बी टेक सकेर मैले कैलालीको लम्कीमा एभर ग्रीन बोर्डिंग स्कुल संचालन गरि त्यसलाई बिज्ञान पढाउने उच्च मा.बि मा बदल्ने सपना देखेको थिए / तर दुइ खालको शिक्षा नीतिका बिरोधि हाम्रा अग्रगामी सोचका माओबादी साथीहरुले बन्द गर्नु भने पछी मेरो दाजु ले बन्द गर्ने निर्णय गर्नु भयो र मैले भैरहवामा लक्ष्मी वनस्पति घी उधोगमा जागिर खान थाले / करिब ८ महिना पछि सौरभ भेतकेअर र विश्व स्वास्थ्य संगठनको केहि वर्षको जागिर पछी मैले २०६१ मङ्सिर १० मा नेपाल सरकारको कृषि सेवा खाद्य पोषण तथा गुण नियन्त्रण समुहमा खाद्य अनुशन्धान अधिकृतको जागिर पक्का गरें / 


काठमाडौँ को कठिन जीवन भन्दा सुदुर पश्चिममा घर पाएक पदस्थापन मागेर मैले धनगढी करिब अढाई वर्ष काम गरेपछि जुम्ला मा गएर २ वर्ष काम गरें र फेरी धनगढी नै फर्किनु पर्यो / जागिरको अलावा अरु पनि केहि काम गर्दा राम्रो हुने सोच भएकोले म र मेरो सालो मिलेर धनगढीमा  खुखुरा पालन व्यवसाय संचालन गरेका थियौ तर bird फ्लु भन्ने रोग को पहिलो झट्कामा नै हाम्रो व्यवसायले चोट खायो र त्यो काम लाई त्यतिकै छोडियो / 


करिब २ बर्षको पढाई सकेर अब फर्किदा खेरि मेरो पदस्थापन काठमाडौँ मा हुनेछ / काठमाडौँ गर्न सकिने काम भनेको यसो विचार गर्दा एउटा छात्राबास संचालन गर्ने सोच बनाएको छु / कस्तो होला ? यहाहरुको सुझावका लागि ऋणी हुनेछु /

Wednesday, March 7, 2012

परिवर्तन लाई साथ दिउ

मैले सुनेको त झापामा जन्मिने बच्चाले गर्भबाट नै लाल झन्डा बोकेर आउछ भनेर / सोमजी ले अलि ढिला सुरु गर्नु भा र छ / हुन त तेर्हथुम बाट तल झरे छि होला क्या र, कम्युनिस्ट हरुको संगत भएको / त्यहि भएर जम्मा २३ बर्ष भएछ / तर मेरो बिचारमा कसले कति वर्ष सम्म एउटा खोक्रो सिद्धान्त बोक्यो भनेर उसको कदर गर्नु पर्छ जस्तो लाग्दैन बरु परिवर्तनलाई स्वीकार्न सक्ने व्यक्तिलाई मान्नु पर्छ / सुदुर पश्चिमको निर्वाचन इतिहास हेर्ने हो भने २०४८ सालमा करिब सबै सिट कांग्रेस ले जित्यो, मान्छेको विश्वास थियो र न जित्यो / २०५१ को मध्यावधिमा एमाले ले के के न गर्छ भनेर सबैले पत्याएकै हुन् / केहि लछारपाटो लाउन सकेन / अब जल्दो बल्दो क्रान्तिकारी पार्टी आयो माओबादी भनेर / युद्दकालमा कति लै बास, गास  दिए, कतिलाई चन्दा दिए, केहि गर्छन भन्ने आश मा नै हो र २०६४ को संबिधान सभा निर्वाचनमा भोट पनि दिए / यी सबै आशाबादी जनताले आफ्नो विचार परिवर्तन गरेकै हुन् / २०१५ सालको निर्वाचनमा कांग्रेसको यति सिट थियो / २०५४ को स्थानीयमा एमाले को यस्तो पकड थियो / यो २०६४ मा माओबादी ले कसरि  यत्रो सिट ल्याउन सक्छ भनेर कल्पना पनि गर्न नसक्ने अपरिवर्तन शिल राजनीतिकर्मी र सिद्दन्तबदी कार्यकर्ताले सोच्नु पर्यो एक छिन / परिवर्तन संग अगी बढ्न चाहने हरुलाई सलाम गर्नु पर्छ / फाइदा त कसैले लिएका होलान / जुन पार्टीमा लागे पनि फाइदा लिनेको समुह छदै छ क्या रे / त्यसैले मित्र परिवर्तनकामी शक्तिको पछी लाग्यौं र देश विकासमा सहयोग गरौँ / दृस्टी कोण नै नभएका नेताको पछी लगेर केहि हुने वाला छैन /



Saturday, March 3, 2012

Deuda Song

Lagigo faagunko maina holi pan aaigyo// 
man pan akulyai gayo sauraai pan laaigyo//




लागीगो फागुनको महिना, होली पनि आइग्यो
मन पनि अकुलाई गयो, सौराई पनि लाइग्यो /





Monday, February 27, 2012

तिमीलाई पनि मलाई जस्तै हुने भए

तिमीलाई पनि मलाई जस्तै हुने भए
बिहानै देखि फेशबूक खोलि अन लाइन  हुन्थ्यौ होला
अति माया लाग्ने भए
दिनमा १ पटक त फोन पनि गर्थ्यौ होला
किन निष्ठुरी भयौ यसरी
केमा ब्यस्त भयौ त्यसरी
मायालु हौ नै भने दिनमा १०-१५ मिनेट त कुरा गर्न सक्छौ
कि कसो मेरी प्यारी श्रीमती ज्यु /

Saturday, February 25, 2012

कति कडा हुने र कति नरम हुने बच्चाहरु संग

मेरो २ ओटा छोराछोरी मध्ये मैले छोरालाई निकै कडा स्वभाव देखाएर धेरै पेलान दिएर पढ्न लगाउ थ्ये, अहिले सम्म पनि उसले प्रथम स्थान हासिल गर्दै आएको छ, अन्य क्रियाकलापमा पनि रुची राख्छ / अलिक व्यवहारिक चाही छैन / अहिले उ १५ वर्ष हुन लाग्यो आउदो जेठ ३ गते , १० कक्षा मा पढ्ने पनि भएको छ / मेरो दोश्रो सन्तान छोरी हो / उसलाई मैले छोरालाई जस्तो कडा अनुशाशन मा नराखेर, उसले भनेका केहि माग हरु पनि सजिलै पुरा गरिदिएर हेर्दै छु / उ कक्षामा कहिले प्रथम हुदैन / आफ्नो गृहकार्य पनि आफै गर्नु पर्छ भन्ने भावना विकास भएको छैन अहिलेसम्म / उ गएको अशोजमा १० वर्षको भैसक्यो / अब बैशाख देखि कक्षा ६ मा जान्छ / घरको काममा मम्मी लाई सघाउने र ब्यबहारिक कार्यहरु गर्ने कुरामा उ अगाडी नै छ तर जिम्मेवारी बोधको हिसावले त्यति सन्तोषजनक छैन / कहिलेकहिँ मेरी जीवन संगिनी ले मसंग गुनासो गर्छिन / प्रयोग गर्दागर्दै छोरी बिग्रने भई भनेर / खै बुझ्न गर्यो छ, कति कडा हुने र कति नरम हुने बच्चाहरु संग 

Sunday, February 19, 2012

बि.सं. २०६८ सालको महाशिवरात्रि पर्वको पावन अवसरमा सम्पूर्ण दाजुभाई, दिदीबहिनी तथा मान्यजनप्रति हार्दिक शुभकामना / भगवान शिवजीले सबैको मनोकामना पुरा गरुन / सबै जना रमाइलो गरेर मनाउनु होला भन्ने कामना समेत /

Friday, February 17, 2012

यस प्रकारको लेख लेख्ने सी.के लाल तथा मधेशको हितमा आवाज उठाउने नेता हरु, कार्यकर्ता हरु सबैले के बुझ्नु जरुरि छ भने अहिले नेपालको राष्ट्रपति, उपराष्ट्रपति, गृह र रक्षा तथा उपप्रधानमन्त्री, करिब आधा जसो मन्त्रि हरु तथा विभिन्न निकायमा मधेसीको बाहुल्यता नै छ / अब मधेशी भाषी ले चाहेको के हो प्रस्ट भन्नु पर्यो / अलग देश चाहेको हो भने श्रीलंकाको जस्तो गृहयुद्दको लागि तयार हुनुपर्यो, देश पुरै चाहिएको हो भने माओबादीको जस्तो सशस्त्र विद्रोह नै गरेर जानु पर्यो / तर मलाई के थाहा छ भने एक जना मधेसी हाकिम संग कार्यालयमा कम गर्न जति गर्यो छ त्यति पहाडी हाकिम संग छैन / एक पटक पुरै देश मधेसीले नै चलाउन दिएर हेरौ न कस्तो समानता दिएर राख्दा रहेछन भन्ने कुरा थाहा भै हाल्छ नि / मैथिली र भोजपुरी बोल्ने मात्र दाजु भै हो बाँकि सबै शत्रु हो भन्ने हो भने लड्न तयार हौँ / हामी तयार छौं /
नेपालको प्राबिधिक क्षेत्र र शिक्षण पेशामा मधेसीको सहभागिता को कुरा गर्ने हो भने करिब ४०-५०% छ / नापी कार्यालय, कृषि सेवा कार्यालय, पशु सेवा कार्यालय, वन कार्यालय, अस्पताल अर्थात् स्वास्थ सेवा, शिक्षा कार्यालय  लगायत शिक्षण पेशामा गणित र विज्ञान शिक्षक हेर्ने हो भने मधेसीको उपस्थिति ज्यादै धेरै छ / त्यसमा पनि मधेशी ठुला जात हरु यादव, कर्ण, मिश्रा, गुप्ता, ओझा आदिको उपस्थिति ज्यादा छ / यदि यो बिधेयक पारित भयो भने निजामती सेवामा त छदै थियो अन्य सेवामा पनि मधेसीको पहुँच मात्र ज्यादा हुने कुरा निश्चित नै छ / म अछाम को दुर्गम गाउँमा जन्मेको तर कैलाली को नागरिकता प्राप्त व्यक्ति न त पिछडिएको क्षेत्र को मान्छे न त मधेसी मा मेरो नाम म कहाँ गएर प्रतिस्पर्धा गरौँ ? राज्यका नीति निर्माण गर्ने तहमा बस्ने अन्धाहरुको कारण अब नेपालमा केहि गर्न सक्ने मान्छे पनि विदेश पलायन हुने मनस्थिति बनाउनु बाहेक अरु केहि विकल्प देखिदैन ? यस विधेयकको खुलेर बिरोध गरौँ /

Thursday, February 16, 2012

समय कति चाडो बितेछ

आज फ्रान्स पुगेको पनि ७५ दिन अर्थात् अढाई महिना पुगेछ / यस वर्षको हिउद पनि राम्ररी नै कातियेछ / ३/४ दिन अघि सम्म माइनस मा हुने तापक्रम हिजो आज देखि केहि उकालो लागेको छ / आकाशमा बादल देखिएको छ र कति कति बेला पनि परिरहेको छ / फ्रान्स स्थित University of Lorraine मा थेसिसको काम पनि चलिरहेको छ र पुरै काम सिध्याउन अझै २ महिना जति लाग्छ होला भनेर हामीले हाम्रो supervisor संग थप २ महिना बस्ने अनुमति मागेका छौं / मेरो केहि काम अर्को lab  मा गर्न जानु पर्ने भएको छ / २०१० को जुलाई १९ को साझ मंगलबार मैले Joint Japan World Bank Scholarship Program बाट Asian Institute of Technology Thailand पढ्नका लागि छात्रवृति पाएको दिन हामी कति खुसि भएका थियौ बूढाबुढी भने रातभर निद्रा नै लागेको थिएन / 9 August 2010 बाट 25 May, 2012 सम्म करिब २२ महिनाको यो अध्ययन पनि कति चाडो पुरा हुन थालेछ भने  जे होस् अबको १०५ दिन पछी नेपाल फर्किने योजना बनाएको छु स्नातकोत्तर उपाधि लिएर / त्यस पछी विधबारिधिको लागि प्रयास गर्न लाई केहि समय नेपाल सरकारको सेवा गर्ने सोच मा छु / सबै सुभ चिन्तक हरुमा हार्दिक धन्यवाद सहित धेरै दिन पछी यो ब्लग मा लेखें / धन्यवाद /


Thursday, February 2, 2012

ए आइ टी को नया चार्टर अनुसार नेपाल पनि council को सदस्य हुने हुनाले समस्त नेपाली बिद्यार्थी, कर्मचारी र प्राध्यापन पेशामा आवद्द नेपाली प्राध्यापक ज्युहरुको सेवा सुबिधा र हितका लागि नेपाली राजदुताबासले के के कुरामा जोड दिनु पर्ला ? भनेर सुझावको लागि थाइलेडं का लागि नेपाली राजदुताबासका DCM श्री डोरनाथ अर्याल ज्युले मलाई फोन गर्नु भएको थियो / यस बिषयमा यहाँ हरुको अमुल्य सुझाव संकलन गरि राजदुताबासमा पेश गर्नको लागि सुश्री निशा वन्त दिदि र श्री रबिन्द्र आचार्य लाई यस कार्यमा सहयोग गरि दिनका लागि अनुरोध गर्दछु / साथै AIT NS का academic secretary श्री विजयमान सुवाल ज्युलाई कमिटीको तर्फबाट सहयोग गरिदिन अनुरोध गर्दछु / साथै कर्मचारी का तर्फबाट श्री ज्ञानेन्द्र राज स्थापित र प्राध्यापक ज्युको तर्फबाट डा. अनिल कुमार अनल ज्युलाई बिशेष अनुरोध गर्दछु /

Wednesday, January 25, 2012

संबिधान बारे

प्रा. सुर्य प्रसाद सुबेदीलाई धन्यवाद / बास्तवमा चुनाब हुने कहिले हो, चुनाब जित्ने कसले हो ? त्यसको पत्तो नै छैन / तर प्रचण्डले जित्छ र निरङ्कुश हुन्छ भन्ने रुवाबासी देखेर हाँसो लाग्छ / वास्तवमा राजसंस्था संग लड्ने सामर्थ नेपाली कांग्रेस, ए मा ले र अरु पार्टी संग थिएन / माओबादी ले नै गर्दा यो सम्बभ भएको हो / त्यसैले फेरी अर्को निरङ्कुश कोहि आयो भने कसरि लड्ने भन्ने डर लाई कायरता बाहेक अरु केहि भन्न सकिदैन /


Tuesday, January 24, 2012

हुलाक बचत बैंक

फ्रान्समा मन परेको अर्को चिज भनेको यहाको हुलाक बचत बैंक पनि एक हो / कति राम्रो संग चलाएका छन् यो बैंकलाई . ए टी एम पनि राख्न भ्याएका छन् / पत्र आदान प्रदान गर्ने कम त छदै छ / मान्छे पनि कति थोरै ले नै चलेको छ  यहाको हुलाक / मैले पनि हुलाक बचत बैंकमा खाता खोलें किनकि यसले ब्याज पनि ३.२५% दिने रहेछ / हुलाक संग आफ्नै डाँक गाडीहरु पनि रहेछन / नेपालमा यस्तो कहिले होला भनेर सोच मा डुबें केहीबेर / 

Sunday, January 22, 2012

ती ठेकेदारको नाम र निर्माण कम्पनीको नाम पनि लेख्नु पर्यो. पछी कैलालीमा पनि 

kunai निर्माण sambandhi kam paryo

Friday, January 20, 2012

ब्यबस्थित देशको अर्को उदाहरण

फ्रान्समा धेरै प्रयोगशाला छन् , बास्तविक संख्या त मलाई अहिले थाहा छैन / प्रयोगशालाका सुबिधा र त्यसको प्रभावकारिता को बारेमा प्रत्येक ४ बर्षमा प्रयोगशालाको मुल्यांकन एउटा विज्ञ समुहबाट हुने गरेको रहेछ / ३-४ दिन लगाएर मैले research  गरिरहेको LERMAB को पनि मुल्यांकन हुदै रहेछ / ती विज्ञ समुहको सम्मानमा आज एक दिवा खानको व्यवस्था गरिएको थियो / सार्है मिठो खाना थियो / तर फ्रान्सेली हरुको एउटा बनि चाही अचम्म को छ - खाना खानाका लागि कम्तिमा २ घण्टा लगाएर wine को चुस्की संगै र गफ गर्दै रमाइलो गर्ने पनि चलन छ / फ्रान्सेली हरु कोहि त पक्कै पनि अल्छी होलान तर मैले भेटेका मध्ये धेरै जना निकै फुर्तिला र आफ्नो बिषयमा पोख्त देखे / उनीहरु चांडो हिड्ने मात्र हैन दोड़ने गर्छन / कम गर्दा पनि हप्तामा ५ दिन निकै जोड तोडका साथ गर्ने र बाँकि २ दिन मस्त रमाइलो गर्ने चलन पनि ब्यबस्थित देशको अर्को उदाहरण होला / 

एक छिन त अलमलमा परियो

हिजो जनवरी १९ बिहिबारका दिन प्रयोगशालामा एक्लै काम गर्दै थिए / मेरो साथी चन्दना अर्को कोठामा केहि काम गर्दै थियो / मैले पार रिएक्टर चलाई रहेको थिए / दिनको लगभग ४ बजेको थियो / प्रयोगशाला भवनमा जडित साइरन एक्कासी रातो बत्ति बल्दै आवाज गर्न थाल्यो / फ्रेन्च भाषामा केहि भन्दै थियो तर मैले र मेरो साथीले चाही बुझेनौं / सोध्नलाई अरु कोहि मान्छे त्यहाँ थिएन त्यो दिन / एक छिन अक्क न बक्क भयौं र निकै डर लागिरहेको थियो / केहि गडबड भएको हुनुपर्छ जस्तो लग्यो र दौडदै चार तल्लाबाट भुइँ तल्लामा ल्याब कोटमा नै तल झर्यौं / तल गए पछी २-४ जना संग सोधौं तर हाम्रो अंग्रेजी बुझ्ने मान्छे कमै थिए र धौ धौ एक जना भेटियो अंग्रेजी बुझ्ने मान्छे / उसंग सोधौं के भएको हो भनेर / उसले भनेको सुनेर पो अचम्म पर्यौं / त्यो त fake साइरन पो रहेछ / खासमा बुझ्दै जाँदा त के पो कारण रहेछ भन्दा त त्यो साइरन सिस्टम ले काम गर्छ कि नै भनेर प्रत्येक ६-८ हप्तामा यस्तो जांच हुने रहेछ / 

व्यवस्था राम्रो भएको देश कस्तो हुन्छ भनेर मनमनै सोचें / नेपालको मुख्य प्रशासकीय क्षेत्र  सिंहदरवार जहाँ धेरै जसो मन्त्रालय र अन्य महत्वपुर्ण कार्यालय रहेका छन् त्यहाँ पनि कुनै साइरन को यसरी जांच गरिदैन होला / कुनै सावधानी का साधन छन् भने पनि तिनको प्रभाकारीता र उपयोग अवधि कहिले जांच हुने गरेको छ कि छैन भनेर सोच्न थाले / मैले काम गर्ने बिभाग खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभाग मा त मलाई लाग्छ एउटा fire extinguisher पनि छैन होला अरु कुरा त पर्यौ जोस . हामी कति पछाडी छौ भन्ने कुराको एक प्रमाण यो पनि हो कि जस्तो लाग्छ . 

Saturday, January 14, 2012

मकर संक्रान्तिको शुभकामना

मकर संक्रान्तिको पवन अवसरमा सम्पूर्ण साथीभाई, मान्यजन तथा मित्रगण हरुलाई हार्दिक मंगलमय शुभकामना 

आँट गर्न नै सकिएन

फ्रान्समा केटा र केटीको लागि शौचालय र स्नान गृह छुट्टा छुट्टै हुदैन / छात्राबास पनि common हुन्छ / मा E325 कोठामा बस्छु र मेरो सामुन्नेको कोठामा एक जना केटि बस्छन / उनले मेरो ढोकामा आजसम्म गरेर ३ पटक ढकढक गरि सकिन तर मैले एक पटक पनि उनको ढोकामा ढक ढक गर्न सकेको छैन . खै अहिले सम्म आँट नै गर्न सकिएन / के गर्ने होला.

Friday, January 13, 2012

चीन संगको नेपालको सम्बन्ध

चीन नेपालको छिमेकी देश भए पनि नेपालले त्यसबाट खासै फाइदा लिन सकेको छैन जस्तो लाग्छ. नेपालको उत्तरी छिमेकी देश चीन अहिले विश्व आर्थिक शक्ति को केन्द्र बनिरहेको छ . मेरो युरोप बसी र केहि गन्यमान्य मानिसहरु संगको अन्तरक्रिया बाट मैले के बुझे भने अबको केहि बर्षमा चीन नै संसारको आर्थिक हस्ती हुनेछ . यूरोपेली हरुले पनि चीनको समान सस्तो भएको र आर्थिक बृदि दर धेरै भएको हुनाले चीनले संसारलाई पछाडी पर्ने कुरामा विश्वास गरेको पियो. अहिले चीनले संसारलाई हस्तछेप गरिरहेको छ- प्रबिधि र आर्थिक बृदि मा / त्यसैले हामीले छिमेकी देशबाट केहि सिक्न सक्छौ कि? केवल छिमेकी मात्र नभएर त्यहाको विकास, उन्नति र प्रबिधिबत फाइदा लिने बेला हो यो. हाम्रो शताब्दिऔ देखिको सम्बधलाई नयां रुपमा विकास गर्नु र चीनले अबलम्बन गरेको राजनैतिक आर्थिक नीतिबाट सिकेर नेपालमा लागु गर्नु अहिलेको आवश्यकता भैसकेको छ .

मान्छे कतिसम्म सोच्न सक्दो रहेछ

मेरो एक जना बिबाहित साथी फ्रान्स मा भेट भयो / उसले tagged.com बाट कुनै केटीलाई online भेटाएछ र कुरा गर्दै गएछ / त्यो कतिले आफु फ्रेन्च भएको र कुनै राम्रो केटा संग बिबाह गर्ने सोच भनाएको भनिछ / लामो कुराकानी पछी उसले आफु कम गर्दै गरेको र उससंग घर पनि भएको कुरा पनि गरिछे / त्यो साथीले साँझपख मलाई सुनायो  र भन्यो यदि मैले बिबाह नगरेको हुँदो हु त आज मा फ्रान्समा घरजम गरेर बस्न सक्ने थिए / मेरो भाग्यले के गर्न खोजेको छ खै भन्दै थियो / २-४ दिन तिनीहरुको online मा कुरा हुदै गर्दा त्यो केटीले आफुसंग टिकट छैन नत्र भेट्न आउथे पनि भनिछ  र त्यो साथी संग अनुरोध गरिछ ५०० यूरो जति पठाई दिनको लागि . त्यो साथीको बल्ल होस् खुलेछ र भन्न थाल्यो कि मान्छे कति हदसम्म फटाहा हुन सक्दा रहेछन